• १५ असोज २०८३, बिहीबार
  • ८ः२० बिहान

ग्लोबल मनी विक २०२६ को अवसरमा कामना सेवा विकास बैंकको विभिन्न कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०८२ चैत्र १० गते, मंगलवार १२:१२

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२६ को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । Organization of Economic Cooperation and Development (OECD)] को संयोजनमा प्रत्येक वर्ष मार्च महिनामा सप्ताह मनाउने गरिन्छ । उक्त सप्ताह यो वर्ष मार्च १७ मा सुरुवात भई मार्च २३ सम्म सञ्चालन गरिएको थियो ।

National Life

यस अवसरमा बैंकले विद्यालयस्तरमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै विद्यार्थीहरूमा वित्तीय ज्ञान तथा सीप विकास गर्ने उद्देश्यका साथ देशैभरि प्रभावकारी कक्षा सञ्चालन गर्नुका साथै सामाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक सामग्रीहरू प्रसारण गरेको छ ।

बैंकले सातै प्रदेशका विभिन्न विद्यालयहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै १००० भन्दा बढी विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको छ । कार्यक्रमहरूमा साना–साना बचतलाई एकीकृत गरी पुँजी निर्माण गर्ने, बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, खर्च व्यवस्थापन तथा डिजिटल कारोबारका अवसर र चुनौतीहरूबारे जानकारी प्रदान गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यसका साथै, हाल बढ्दो डिजिटल ठगीका घटनाहरूलाई मध्यनजर गर्दै बैंकले ओटीपी सम्बन्धी सचेतना अभिवृद्धि गर्न विशेष अभियान सञ्चालन गरेको छ । उक्त अभियान अन्तर्गत सामाजिक सञ्जालमार्फत विभिन्न भाषामा सचेतनामूलक भिडियो सामग्रीहरू प्रसारण गरिएको छ, जसले विभिन्न समुदायसम्म वित्तीय सुरक्षासम्बन्धी सन्देश प्रभावकारी रूपमा पु¥याउन सहयोग पु¥याएको छ ।

त्यसैगरी, बैंकले सामाजिक सञ्जालमार्फत सुरक्षित भविष्यका लागि बचत गर्ने बानी विकास गर्न, बचत र लगानी, बजेटको समायोजन, अचानक आउने समस्या वा आपतकालीन अवस्थाका लागि आकस्मिक कोष, डिजिटल कारोवार गर्दा हुने गल्तीहरु तथा अनलाईन ठगीहरुबाट बच्न सम्बन्धी जानकारी समेत प्रदान गरेको छ ।

बैंकले उक्त सप्ताहको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धित जानकारी सहित प्रभातफेरी कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले आफ्नो सामाजिक सञ्जालमार्फत सुरक्षित भविष्यका लागि बचत गर्ने बानी विकास गर्न, बचत र लगानी, बजेटको समायोजन, अचानक आउने समस्या वा आपतकालीन अवस्थाका लागि आकस्मिक कोष, डिजिटल कारोवार गर्दा हुने गल्तीहरु तथा अनलाईन ठगीहरुबाट बच्न सम्बन्धी जानकारी समेत प्रदान गरी सफलतापूर्वक सम्पन्न गरेको छ ।

प्रतिकृया