• ४ साउन २०८३, सोमबार
  • २:१९ बिहान

आज अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदै, ‘हेरचाह र साझेदारी’मा जोड

प्रकाशित मिति

२०८२ चैत्र ६ गते, शुक्रबार ०९:३६

६चैत,२०८२ काठमाडौं- आज विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष मार्च २० तारिखमा यो दिवस मनाउने गरिन्छ। मानिसले खुशी हुन पाउनु अधिकार हो भन्ने सन्देश फैलाउने उद्देश्यले यो दिवस सुरु गरिएको हो।

यस वर्षको अन्तर्राष्ट्रिय खुशी दिवस ‘हेरचाह र साझेदारी’ विषयवस्तुमा केन्द्रित रहेको छ। यसले सुखी समाज निर्माणका लागि सम्बन्ध, समानुभूति र एकअर्कालाई सहयोग गर्ने कुरामा जोड दिएको छ।

Kamana Sewa

साथै, सामाजिक सञ्जाल र मानवीय कल्याणबीचको सम्बन्धलाई पनि उजागर गर्दै समुदाय र कृतज्ञताको महत्वलाई प्राथमिकतामा राखिएको छ।

Classic Tech Desktop

सन् २०११ मा संयुक्त राष्ट्रसङ्घको महासभाले खुशीलाई आधारभूत मानव लक्ष्यका रूपमा स्वीकार गर्ने प्रस्ताव पारित गरेको थियो। त्यसको दुई वर्षपछि, सन् २०१३ मा राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रले पहिलोपटक संयुक्त रूपमा यो दिवस मनाएका थिए। त्यसयता हरेक वर्ष मार्च २० मा अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदै आएको छ।

प्रतिकृया