• ४ साउन २०८३, सोमबार
  • २:२४ बिहान

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, थापाको राजीनामामाथि छलफल हुने

प्रकाशित मिति

२०८२ चैत्र ६ गते, शुक्रबार ०९:१७

६ चैत,२०८२ काठमाडौं-  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोरेको पराजयबारे विस्तृत समीक्षा गर्ने कार्यसूची रहेको छ।

यससँगै, सभापति गगन थापा ले निर्वाचन हारको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामाका विषयमा पनि छलफल हुने बताइएको छ।

Kamana Sewa

आजको बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्मा ले गर्नेछन्। उनले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुने जानकारी दिएका छन्।

Classic Tech Desktop

कांग्रेसका कावा मुख्य सचिव कृष्णप्रसाद दुलाल का अनुसार बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरू सहभागी हुनेछन्।

प्रतिकृया