चैत १३ मा बालेन शाहको प्रधानमन्त्री शपथको तयारी
प्रकाशित मिति
२०८२ चैत्र ५ गते, बिहीबार ०८:३५
५ चैत,२०८२ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तयारी गरिएको छ। यसअघि संसद् सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ गराउने तयारी अघि बढाएको छ।
सांसदहरूको शपथ सम्पन्न भएको भोलिपल्ट प्रधानमन्त्रीको शपथ गराउने विषयमा रास्वपाका चार शीर्ष नेताबीच छलफल भएको जनाइएको छ। बिहीबार काठमाडौंमा बसेको बैठकमा सम्भावित शक्ति बाँडफाँड, सरकार गठन प्रक्रिया र शपथको समयतालिकाबारे प्रारम्भिक सहमति जुटाउने प्रयास गरिएको स्रोतले जनाएको छ।
यद्यपि, औपचारिक निर्णय भने अझै सार्वजनिक गरिएको छैन। राजनीतिक समीकरण अन्तिम चरणमा पुगेपछि मात्रै शपथ सम्बन्धी मिति र प्रक्रिया औपचारिक रूपमा घोषणा गरिने बताइएको छ। सरकार गठनको प्रक्रियालाई तीव्रता दिँदै रास्वपा नेतृत्वले आवश्यक राजनीतिक परामर्शलाई निरन्तरता दिएको छ।







प्रतिकृया