• ४ साउन २०८३, सोमबार
  • १:४६ बिहान

पर्सा क्षेत्र–२ का उम्मेदवार मनोज चौधरी पक्राउ

प्रकाशित मिति

२०८२ फाल्गुन २० गते, बुधबार ०९:३६

२० फाल्गुन,२०८२ पर्सा- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र–२ का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । उनीलाई मंगलबार राति करिब ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी तथा प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिएका छन् ।

प्रवक्ता बस्नेतका अनुसार नियमित चेकजाँचका क्रममा चौधरीलाई नियन्त्रणमा लिइएको हो । उनीसहित अन्य चार जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

Kamana Sewa

उनीहरूको साथबाट केही शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जना हाल प्रहरी नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Classic Tech Desktop

प्रतिकृया