• ४ साउन २०८३, सोमबार
  • २:०२ बिहान

फेरि, उदयपुरको ‘मृत्युपासो’ ओरालोमा बस दुर्घटना

प्रकाशित मिति

२०८२ फाल्गुन ११ गते, सोमबार ०२:०७

११ फाल्गुन, २०८२  काठमाडौं – उदयपुरको उदयपुरगढी गाउँपालिका–७ स्थित अँधेरी जोगी टोलमा सोमबार दिउँसो यात्रुबाहक बस दुर्घटना भएको छ। कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बा २ ख ६२५७ नम्बरको बस ब्रेक फेल भएर सडकबाट करिब ४० फिट तल खसेको थियो। दुर्घटनामा बसमा सवार १०–१२ जना घाइते भएका छन्।

मदन भण्डारी लोकमार्गअन्तर्गत पर्ने अँधेरीको यो ओरालो सडक खण्ड पछिल्लो समय दुर्घटनाको जोखिम स्थल बन्दै गएको छ। गत शनिबार मात्र सोही स्थानमा ट्रक दुर्घटना भएको थियो।

Kamana Sewa

दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नम्बर ५ गण उदयपुरको ‘क्विक रेस्पोन्स टिम’ले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल गाईघाट पठाएको छ। सुरक्षाकर्मीका अनुसार घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम छ।

Classic Tech Desktop

जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाको विस्तृत विवरण संकलन गरिरहेको छ र प्रारम्भिक अनुसन्धानले बसको ब्रेक फेल हुनु दुर्घटनाको मुख्य कारण भएको देखाएको छ।

स्थानीय बासिन्दा र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सडकको अवस्था र चालकको लापरवाहीप्रति चिन्ता व्यक्त गरेका छन्।

प्रतिकृया