• ४ साउन २०८३, सोमबार
  • १:३० बिहान

आज प्रणय दिवस: प्रेम साटासाट गर्दै मनाइँदै भ्यालेन्टाइन डे

प्रकाशित मिति

२०८२ फाल्गुन २ गते, शनिबार ०९:२४

२ फाल्गुन, २०८२ काठमाडौं – आज फेब्रुअरी १४ का दिन विश्वभर प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइँदैछ। प्रेम र सम्बन्धलाई विशेष रूपमा व्यक्त गर्ने दिनका रूपमा चिनिने यो अवसरमा प्रेमजोडीबीच शुभकामना, उपहार र गुलाब आदानप्रदान गर्ने चलन रहेको छ।

हरेक वर्ष यही दिन मनाइने भ्यालेन्टाइन डे पछिल्ला वर्षहरूमा नेपाल मा पनि युवापुस्तामाझ लोकप्रिय बन्दै गएको छ। सहरी क्षेत्रका क्याफे, रेस्टुरेन्ट र सार्वजनिक स्थलमा प्रेम दिवस लक्षित विभिन्न अफर तथा कार्यक्रम आयोजना गरिएका छन्।

Kamana Sewa

यस दिन मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने, सम्बन्धलाई औपचारिक बनाउने तथा पुराना सम्बन्धलाई अझ प्रगाढ बनाउने अभ्यास बढेको देखिन्छ। रातो गुलाबलाई प्रेमको प्रतीक मानेर दिने प्रचलन अझै व्यापक छ।

Classic Tech Desktop

प्रविधिको पहुँचसँगै टाढा रहेका जोडीले भिडियो कल, सामाजिक सञ्जाल र डिजिटल उपहारमार्फत पनि दिवस मनाउने गरेका छन्। युवा पुस्ताले भ्यालेन्टाइन डे लाई भावनात्मक सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा लिने गरेका छन्।

प्रतिकृया