अध्यागमन ऐन समयानुकूल बनाउन नयाँ कानुन आवश्यक : गृहमन्त्री ओमप्रकाश अर्याल
प्रकाशित मिति
२०८२ फाल्गुन १ गते, शुक्रबार ०३:३७
१ फाल्गुन, २०८२ काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल ले अध्यागमनसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउँदै नयाँ ऐन जारी गर्न आवश्यक रहेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले अध्यागमन ऐन २०४९ र त्यसअन्तर्गतका नियम तथा कार्यविधिमा रहेका गम्भीर र सार्वभौम प्रकृतिका विषय ऐनमै समेटिनुपर्ने बताएका हुन्।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिबाट पेस प्रतिवेदनमाथि छलफल गर्दै मन्त्री अर्यालले हाल नियमावली, कार्यविधि र परिपत्रमार्फत राखिएका संवेदनशील प्रावधानहरू ऐनमै राख्न प्रत्यायोजनको दायरा पुनःनिर्धारण गर्नुपर्ने उल्लेख गरे।

उनले भिजिट भिसासम्बन्धी व्यवस्थामा पनि सुधार आवश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय अभ्यासबाट पाठ सिकेर नेपालको नीतिगत, कानुनी र प्रणालीगत संरचनामा सुधार गर्नुपर्ने बताए। साथै भिसा प्रणालीको प्रभावकारी व्यवस्थापन र डिजिटलाइजेसनमा जोड दिनुपर्ने उनको भनाइ छ।





प्रतिकृया