• १ असोज २०८३, बिहीबार
  • ४ः४२ बिहान

वीर अस्पतालले स्वास्थ्य बीमा औषधि सेवा गर्‍यो कटौती

प्रकाशित मिति

२०८२ फाल्गुन १ गते, शुक्रबार ०३:१०

काठमाडौं — वीर अस्पतालले स्वास्थ्य बीमा अन्तर्गत दीर्घरोगी बिरामीलाई एकैपटक तीन महिनासम्म दिँदै आएको औषधि सेवा कटौती गरेको छ। अब १ फागुनदेखि अर्को व्यवस्था नभएसम्म एक महिनाका लागि मात्रै औषधि उपलब्ध गराइने अस्पतालले जनाएको छ।

National Life

निर्देशक डा. दिलीप शर्माका अनुसार बीमा भुक्तानी नआएकाले सेवा सीमित गर्नुपरेको हो। अस्पतालले बीमा कार्यक्रमअन्तर्गत ४० करोड रुपैयाँभन्दा बढी लिन बाँकी रहेको बताएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार स्वास्थ्य संस्थालाई ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया