• ३ साउन २०८३, आइतबार
  • ४:४४ बेलुका

एक लाख स्वास्थ्य बीमा सुविधा यथावत्, नघटाइएको बोर्डको स्पष्टिकरण

प्रकाशित मिति

२०८२ माघ २९ गते, बिहीबार ०९:४१

२९ माघ,२०८२ काठमाडौं – स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँसम्मको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बीमा कार्यक्रमअन्तर्गतको सेवा सीमा यथावत् राखिएको हो।

उनका अनुसार तीन हजार ५०० रुपैयाँ योगदानका आधारमा पाँच सदस्यीय परिवारले वार्षिक कुल एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा सुविधा पाउने व्यवस्था कायम छ। उक्त रकममध्ये २५ हजार रुपैयाँ ओपिडी सेवाका लागि र ७५ हजार रुपैयाँ अस्पताल भर्ना तथा आकस्मिक सेवाका लागि छुट्याइएको छ।

Kamana Sewa

स्वास्थ्य बीमा कार्यक्रममा पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य सात सय रुपैयाँ थप योगदान गर्नुपर्ने र त्यसअनुसार प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको बोर्डले जनाएको छ।

Classic Tech Desktop

अनावश्यक ओपिडी सेवा प्रयोग र दोहोरोपन रोक्न तथा गम्भीर र जटिल रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्न सेवा रकम छुट्याइएको बोर्डको भनाइ छ। पाँच सदस्यीय परिवारले वर्षभरिमा अधिकतम दुई हजार ५०० रुपैयाँ बराबरको ओपिडी सेवा लिन पाउने तथा थप सदस्यका हकमा प्रतिसदस्य पाँच हजार रुपैयाँसम्मको ओपिडी सुविधा रहने व्यवस्था गरिएको छ।

हाल स्वास्थ्य बीमाको कुल बजेटमध्ये करिब ७० प्रतिशतभन्दा बढी रकम सामान्य बिरामीको ओपिडी सेवामै खर्च भइरहेकाले गम्भीर बिरामीका लागि रकम अपुग हुने अवस्था देखिएको भन्दै बोर्डले सेवा रकम निर्धारणअनुसार नै प्रयोग गर्न आग्रह गरेको छ।

प्रतिकृया