• ३ साउन २०८३, आइतबार
  • ३:३६ बेलुका

अब,पैसा अभावमा उपचारबाट नेपालीले वञ्चित हुन नपर्ने : गगन थापा

प्रकाशित मिति

२०८२ माघ २५ गते, आईतवार १०:३७

२५ माघ,२०८२ काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसको स्वास्थ्य योजना सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार गरी प्रभावकारी बनाउने योजना सुनाएका हुन्।

थापाले हाल स्वास्थ्य बीमा कार्यक्रम अस्तव्यस्त रहेको उल्लेख गर्दै यसलाई एकीकृत र व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन्। बीमा कार्यक्रमलाई सुरु गरिएको मूल अवधारणाअनुसार अघि बढाइने र स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा विकास गरिने उनको भनाइ छ।

Kamana Sewa

उनले सबै नागरिक स्वास्थ्य बीमामा आबद्ध हुनुपर्नेमा जोड दिँदै सबै स्वास्थ्य कार्यक्रमलाई एकीकृत गरी प्रणालीगत सुधार गरिने बताए। “पैसा नभएकै कारण कुनै नेपाली उपचारबाट वञ्चित हुने छैनन्,” थापाले भनेका छन्, “स्वास्थ्य बीमामा आवश्यक सुधार गरेर हरेक नागरिकलाई समेट्ने हाम्रो सङ्कल्प हो।”

Classic Tech Desktop

प्रतिकृया