• ३ साउन २०८३, आइतबार
  • ३:४२ बेलुका

श्रृङ्खलाबद्ध चोरीमा संलग्न रहेका व्यक्ति नियन्त्रणमा

प्रकाशित मिति

२०८२ माघ २२ गते, बिहीबार ०९:४३

२२ माघ,२०८२ काठमाडौं – काठमाडौंको विभिन्न स्थानहरूमा श्रृङ्खलाबद्ध चोरीमा संलग्न पक्राउ परेका छन् । काठमाडौँका विभिन्न स्थानमा दिउँसोको समयमा घरमा कोही नभएको मौका पारी घर भित्रबाट नगद तथा सुन चाँदीका गरगहना चोरी गर्ने गरेका नेपालगन्ज उपमहानगरपालिका ३ घर भइ काठमाडौंको सितापाईला बस्ने वर्ष ४१ को सुप्रिम विकाश, सौरभ चौधरी भन्ने प्रेम थारूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

निज प्रतिवादी २०७९ मङ्सिरमा प्रहरी वृत्त बौद्धबाट २ वटा चोरी कसुरमा पक्राउ परी कारागार चलान भइ ३ वर्ष कैद भुक्तान गरेको समेत अभिलेखमा देखिएको र उक्त किसिमका चोरीका घटनाको सम्बन्धमा ८८ तोला सुन, ९९ तोला चाँदी, २ तोला डाइमण्ड, विभिन्न देशका मुद्रा लगायत सहित ३ करोड ६ लाख १४ हजार २०० रुपैयाँ बराबरको चोरी भएको बिगो सहित हालसम्म ९ जना पीडित सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

उनीहरुसँगबाट प्रहरीले ७६४.३५ ग्राम सुन, ११५९.२६ ग्राम चाँदी, नगद नेपाली रुपैयाँ एक लाख ६३ हजार ६५५, १५.२६ ग्राम डायमण्ड, ११० अमेरिकी डलर, ५५ सय भारुसहित अन्य विदेशी मुद्रा बरामद गरेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया