• १३ असोज २०८३, मंगलबार
  • ३ः१७ दिउँसो

श्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ

प्रकाशित मिति

२०८२ माघ २२ गते, बिहीबार ०९:५०

२२ माघ,२०८२ काठमाडौं – काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१ तौलुङ क्षेत्रमा प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा रातको समयमा शङ्कास्पद अवस्थामा हिँडिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

National Life

बिहीबार करिब ०४ः३० बजेको समयमा प्रहरीले चेकजाँच गर्दा उदयपुर घर भई हाल काठमाडौंको कोटेश्वर बस्दै आएका ४५ वर्षिय प्रबिन किसनको साथबाट श्रोत नखुलेको नगद रकम १८ लाख ५० हजार रुपैयाँ फेला पारेको हो।

उक्त रकमको श्रोत खुलाउन नसकेपछि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रबिन किसनलाई बरामद नगदसहित आन्तरिक राजस्व कार्यालय हरिहरभवन, ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया