• ४ साउन २०८३, सोमबार
  • ५:०६ बिहान

घिसिङद्वारा उज्यालो नेपाल–रास्वपा एकीकरण ऐतिहासिक घोषणा

प्रकाशित मिति

२०८२ पुष १५ गते, मंगलवार ११:५३

१५ पुस,२०८२ काठमाडौं — ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको एकीकरणलाई ऐतिहासिक सहमति भनेका छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै घिसिङले उल्लेख गरेका छन् कि पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै दुई पार्टी एकजुट भएर उज्यालो भविष्यको मार्गमा अघि बढेको हो।

घिसिङले यस एकीकरणलाई देश र जनताको हितमा एक सकारात्मक कदमका रूपमा मूल्याङ्कन गर्दै, आगामी राजनीतिक यात्रा र समाजसेवामा यो ऐतिहासिक निर्णयले नयाँ उर्जा थप्ने विश्वास व्यक्त गरेका छन्।

Kamana Sewa

उनले भनेका छन्
उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको छ। पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौं।

Classic Tech Desktop

यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएका छौं। उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन तपाईंहरूको निरन्तर साथ र सहयोग रहनेमा हामी पूर्ण विश्वस्त छौं ।

प्रतिकृया