• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

जेन–जी आन्दोलनका क्षतिपूर्तिमा ४ अर्ब २ करोड भुक्तानी, ३ हजार बढी दाबीमध्ये ठूलो हिस्सा सम्पत्ति बीमाबाट

प्रकाशित मिति

२०८२ मंसिर १२ गते, शुक्रबार ०२:०८

मंसिर १२, २०८२ काठमाडौं – गत भदौ २३ र २४ गतेका जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीमध्ये हालसम्म करिब ४ अर्ब २ करोड रुपैयाँ बीमितलाई भुक्तानी गरिएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूले प्राप्त गरेको कूल ३ हजार २५५ बीमा दाबी मध्ये करिब २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ बराबरको दाबी परेको थियो। तीमध्ये अग्रिम भुक्तानीसहित करिब ४ अर्ब २ करोड रुपैयाँ भुक्तानी भइसकेको हो।

Kamana Sewa

प्राधिकरणले जारी गरेको अद्यावधिक तथ्यांकअनुसार सम्पत्ति बीमा ६९५ दाबी, मागिएको दाबी करिब १९ अर्ब ३ करोड ४१ लाख, भुक्तानी करिब ३ अर्ब ९ करोड ४७ लाख, मोटर बीमा २,२९५ दाबी, मागिएको दाबी करिब ३ अर्ब ४४ करोड १० लाख, भुक्तानी करिब ८४ करोड ८५ लाख, इञ्जिनीयरिङ/ठेक्का जोखिम बीमा २०९ दाबी, मागिएको दाबी करिब ५५ करोड ४ लाख, भुक्तानी करिब ६ करोड ६९ लाख, परिवहन बीमा १२ दाबी, मागिएको दाबी, करिब १ करोड ६९ लाख,
भुक्तानी करिब ४८ लाख, अन्य बीमा ४४ दाबी, मागिएको दाबी करिब ३९ करोड १८ लाख, भुक्तानी करिब ३९ लाख (अग्रिमसहित), पुनर्बीमा कम्पनीबाट २ अर्ब ५१ करोड अग्रिम भुक्तानी जेन–जी आन्दोलनका क्षतिको प्रारम्भिक दाबी निस्तारणका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई २ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ अग्रिमसहित भुक्तानी गरिसकेको छ।

Classic Tech Desktop

पुनर्बीमा कम्पनीमा परेका २,८६० दाबी मिलेर कूल दाबी रकम करिब १५ अर्ब ८१ करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ।

बीमा प्राधिकरणका अनुसार बाँकी दाबीहरूको मूल्यांकन तथा निस्तारण प्रक्रिया तीव्र गतिमा जारी छ।

प्रतिकृया