• ४ साउन २०८३, सोमबार
  • ३:३० बिहान

९ वाम दलबीच आज एकताको घोषणा

प्रकाशित मिति

२०८२ कार्तिक १९ गते, बुधबार ०९:२१

कात्तिक १८, २०८२ काठमाडौं— नेकपा (माओवादी केन्द्र) सहित नौ वामपन्थी दलबीच आज औपचारिक रूपमा एकता घोषणा हुँदैछ। माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाका अनुसार बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा कार्यक्रम आयोजना गरिएको हो।

एकतामा सहभागी दलहरूमा — माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिष्ट पार्टी नेपाल रहेका छन्।
एकता घोषणापछि नयाँ दल निर्वाचन आयोगमा दर्ता गरिने तयारी गरिएको छ। दलहरूको सहमतिअनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहनेछ भने चुनाव चिह्न पाँच कुने तारा अपनाइने भएको छ।

Kamana Sewa

कार्यक्रममा नयाँ पार्टीको नेतृत्व संरचना पनि घोषणा गरिनेछ। सहमतिअनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहनेछन्। यो एकता कदमले लामो समयदेखि बिखरिएका वाम दलहरूबीच संयुक्त राजनीतिक अभियानको नयाँ सुरुवात हुने अपेक्षा गरिएको छ।

Classic Tech Desktop

प्रतिकृया