• २० असोज २०८३, मंगलबार
  • ११ः०९ बिहान

नेशनल लाइफद्वारा भौतिक पूर्वधार पुनर्निर्माण कोषमा आर्थिक सहयोग

प्रकाशित मिति

२०८२ कार्तिक १८ गते, मंगलवार ०४:२७

कात्तिक १८, २०८२ काठमाडौं— नेशनल लाइफ इन्स्योरेनसले नेपाल सरकारद्वारा स्थापना गरेको भौतिक पूर्वधार पुनर्निर्माण कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । गत भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देश भरीका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु.१ करोड रकमको आर्थिक सहयोग गरेको हो ।

National Life

उक्त रकम बराबरको चेक कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र नायब महाप्रबन्धक प्रज्वल सायमीले आज एक विशेष कार्यक्रममा अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैबी प्रकोप ब्यवस्थापन एवं वातावरण संरक्षण लगायत क्षेत्रमा आर्थिक सहयोग उपलब्ध गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि यस प्रकारको सहयोग उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीले यस प्रयोजनको लागि नियामक निकायवाट जारी निर्देशन अनुसार प्रत्येक आर्थिक वर्षको खुदमुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ ।

प्रतिकृया