• २० असोज २०८३, मंगलबार
  • ११ः११ बिहान

माओवादी केन्द्र विभाजन : जनार्दन शर्मा नेतृत्वमा ‘प्रगतिशील अभियान नेपाल’ घोषणा

प्रकाशित मिति

२०८२ कार्तिक १८ गते, मंगलवार ०३:४७

कात्तिक १८, २०८२ काठमाडौं— नेकपा (माओवादी केन्द्र) विभाजित भएको छ। नेकपा (एकीकृत समाजवादी) लगायत आठ दलसँग पार्टी एकताको तयारी अघि बढाइरहेका बेला माओवादीका शीर्ष नेताहरूको असहमति सार्वजनिक हुँदै नयाँ राजनीतिक अभियानको घोषणा गरिएको हो।

National Life

पार्टीका पूर्व उपमहासचिव जनार्दन शर्मा, पूर्व सचिव राम कार्की, र पूर्व स्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतका नेताहरूले माओवादी केन्द्र परित्याग गर्दै ‘प्रगतिशील अभियान, नेपाल’ नामक नयाँ राजनीतिक अभियान घोषणा गरेका हुन्।

शर्माले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ अभियानको घोषणा गर्दै भने,
“माओवादीको नेतृत्वमा भएको दस वर्षे संघर्षदेखि पछिल्लो जेन–जी आन्दोलनले उठाएका माग र भावनाविपरीत पार्टी अघि बढेकाले हामी एकता प्रक्रियाबाट अलग भएका हौं।”

Classic Tech Mobile
Classic Tech Desktop

उनले विगतको पार्टी नेतृत्वका खराब आचरण र गलत निर्णयमा आफूहरू पनि सघाएको आत्मालोचना गर्दै अब सच्चिएर नयाँ बाटो समातेको बताए।

शर्माको भनाइमा, “विगतका कमजोरीहरूलाई स्वीकार गर्दै विखण्डित वाम र प्रगतिशील शक्तिलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास सुरु भएको छ।”

यससँगै माओवादी केन्द्रभित्र लामो समयदेखि चल्दै आएको असन्तुष्टि खुला रूपमै विभाजनमा परिणत भएको छ।

प्रतिकृया