• २० असोज २०८३, मंगलबार
  • ११ः०६ बिहान

आज देशका पश्चिमी पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति

२०८२ कार्तिक १८ गते, मंगलवार १०:०१

कात्तिक १८, २०८२ काठमाडौं— आज दिउँसो देशका पश्चिमी प्रदेशहरू — लुम्बिनी, कर्णाली र सुदूरपश्चिम — सहितका पहाडी भू–भागमा सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी भू–भागमा आंशिक बदली रहने विभागको पूर्वानुमान छ।

National Life

विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावनासमेत विभागले जनाएको छ। आज राति पनि वागमती, गण्डकी र लुम्बिनी प्रदेश सहित देशका पहाडी भू–भागमा साधारणतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना विभागले जनाएको छ।

प्रतिकृया