• २० असोज २०८३, मंगलबार
  • १०ः३० बिहान

जेनजी आन्दोलनका ४५ सहिद यी हुन् (नामसहित)

प्रकाशित मिति

२०८२ कार्तिक १८ गते, मंगलवार ०९:३६

कात्तिक  १८, २०८२ काठमाडौं— सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो। निर्णयअनुसार सहिदहरूको नामावली सार्वजनिक गर्ने जिम्मा गृह मन्त्रालयलाई दिइएको छ।

National Life

बैठकपछि गृह मन्त्रालयले सोमबार नै जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनाको सूची सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार सहिद घोषित व्यक्तिहरूका परिवारलाई सरकारले आवश्यक सहजीकरण तथा सम्मान कार्यक्रम अघि बढाउने तयारी गरेको छ।

जेनजी आन्दोलनका क्रममा विभिन्न ठाउँमा प्रदर्शन र झडपका घटनामा सर्वसाधारणको मृत्यु भएको थियो। आन्दोलनमा संलग्न विभिन्न संघ–संस्थाले लामो समयदेखि मृतकहरूलाई सहिद घोषणा गर्न सरकारसँग माग गर्दै आएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया