• २० असोज २०८३, मंगलबार
  • १०ः३३ बिहान

गरिमा विकास बैंकको शेयरमूल्य समायोजन

प्रकाशित मिति

२०८२ कार्तिक १८ गते, मंगलवार ०९:२५

कात्तिक १८, २०८२ काठमाडौं—  कात्तिक १८ गते, मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गरिमा विकास बैंक लिमिटेड (GBBL) को शेयरमूल्य समायोजन गरिएको छ। साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले बुकक्लोज गरेको दिनसँगै नेप्सेले बैंकको ६ प्रतिशत बोनस शेयर समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो।

National Life

समायोजनपछि बैंकको शेयरमूल्य प्रतिकित्ता ३९३ रुपैयाँ ४० पैसा कायम भएको नेप्सेले जनाएको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ४१७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। सोही मूल्यका आधारमा नेप्सेले समायोजन दर गणना गरेको हो। यही समायोजित मूल्यलाई आधार मानेर आजको कारोबारमा बैंकको शेयर मूल्य खुल्नेछ।

गरिमा विकास बैंकले कात्तिक २७ गते, बिहीबार, होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा आफ्नो १९औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरू हुने तय गरिएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसका अतिरिक्त, सभाले बैंकको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने, छाप तथा लोगो परिवर्तन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसनको प्रक्रिया अघि बढाउने, साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ।

प्रतिकृया