• ३ साउन २०८३, आइतबार
  • ३:४९ बेलुका

पूर्वसचिव संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति

२०८२ कार्तिक २ गते, आईतवार ०३:३७

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वस्वास्थ्य सेवा विभागकी महानिर्देशक तथा पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ। स्वास्थ्य सचिव र पछिल्लो समय स्वास्थ्यमन्त्री बन्ने चर्चा चलेकी मिश्राविरुद्ध सरकारी खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियार स्रोतले जनाएको छ।

‘विशेष अदालतमा आरोपपत्र पेश भएको छ, दर्ता प्रक्रिया चलिरहेको छ,’ स्रोतले जनाएको छ। स्वास्थ्यमन्त्रीको दौडमा रहेकी मिश्राको नाम अख्तियारबाट अनुसन्धान अन्तिम चरणमा पुगेको सूचना प्रधानमन्त्री सुशीला कार्की निकट संयन्त्रमा पुगेपछि पछाडि हटाइएको थियो।

Kamana Sewa

स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदको विषयसँग सम्बन्धित फाइलमा अख्तियारले उनीमाथि भ्रष्टाचारमुद्दा पेश गरेको हो ।

Classic Tech Desktop

प्रतिकृया