• २० असोज २०८३, मंगलबार
  • १२ः४४ दिउँसो

तिहारअघिको अन्तिम कारोबारमा शेयर बजार दोहोरो अंकले उकालो, कारोबार भने सुस्त

प्रकाशित मिति

२०८२ कार्तिक २ गते, आईतवार ०३:२८

कात्तिक २,२०८२ काठमाडौं– साताको पहिलो दिन तथा तिहारअघिको अन्तिम कारोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। आइतबार नेप्से १६.६७ अंकले बढेर २५०३ विन्दुमा पुगेको हो।

National Life

यद्यपि, बजार उकालो लागे पनि कारोबार रकम भने तुलनात्मक रूपमा न्यून रह्यो। आज ३२३ वटा कम्पनीका ६१ लाख १९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा जम्मा २ अर्ब ७९ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार मात्रै भएको छ।

उपसूचकहरूमध्ये विकास बैंक, म्युचुअल फण्ड र ननलाइफ इन्स्योरेन्स बाहेक अन्य सबैमा हरियाली देखिएको छ। आत्मनिर्भर लघुवित्तको शेयरमा आज सकारात्मक सर्किट लागेको छ। त्यस्तै, नेपाल रि इन्स्योरेन्सको २८ करोड १० लाख र हिमालयन डिस्टीलरीको २५ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया