• ४ साउन २०८३, सोमबार
  • ३:२७ बिहान

दशैं नजिकिँदै गर्दा उपत्यकाबाट बाहिरिनेको संख्या बढ्यो, २४ घण्टामा कतिले छाडे काठमाडौं ?

प्रकाशित मिति

२०८२ आश्विन ६ गते, सोमबार ११:१८

असोज ६, २०८२ काठमाडौं– दशैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ४३ हजार यात्रु उपत्यका बाहिरिएका छन्।

ट्राफिक प्रहरी प्रवक्ता एसपी लोकेन्द्र सिंह गुरूका अनुसार आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या ४३ हजार पुगेको हो। सोही अवधिमा २८ हजार यात्रु उपत्यका भित्रिएका छन्।

Kamana Sewa

आज घटस्थापनासँगै दशैंको औपचारिक सुरुवात भएसँगै काठमाडौं छाड्नेको संख्या अझै बढ्ने अनुमान गरिएको छ। धेरैजसो निजी कार्यालय, कलेज तथा विद्यालयहरूमा दशैं बिदा सुरु भइसकेकाले मानिसहरू गाउँ फर्किन थालेका छन्। सरकारी बिदा भने फूलपातीदेखि सुरु हुनेछ।

Classic Tech Desktop

प्रतिकृया