स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी डा. मिश्राको नाम होल्डमा
प्रकाशित मिति
२०८२ आश्विन ६ गते, सोमबार १०:२०
असोज ६, २०८२ काठमाडौं– स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्राको नाम फिर्ता हुने सम्भावना देखिएको छ। उनीविरुद्ध भ्रष्टाचारको आरोप लागिरहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले उनको नाम फिर्ता लिने तयारी थालेकी हुन्।
प्रधानमन्त्री कार्कीले आइतबार राष्ट्रपति समक्ष पाँच मन्त्रीको नाम सिफारिस गरेकी थिइन्। तीमध्ये स्वास्थ्य मन्त्रालयका लागि सिफारिस भएकी डा. मिश्राको नाम ‘विवादित’ भएको सूचना पाएपछि राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद् विस्तार प्रक्रिया ‘होल्ड’ राखेको स्रोतले जानकारी दिएको छ।

राष्ट्रपति समक्ष सिफारिस गरिएका अन्य चार नामहरूमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति तथा भूमिसुधार मन्त्रालयमा अनिलकुमार सिन्हा, कृषि मन्त्रालयमा डा. मदन परियार, र सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा जगदीश खरेल रहेका छन्।





प्रतिकृया