• ४ साउन २०८३, सोमबार
  • ४:१२ बिहान

देउवा र खड्काको निवासमा जलेका नोटको विषयमा अनुसन्धान सुरु

प्रकाशित मिति

२०८२ आश्विन ६ गते, सोमबार ०९:५५

असोज ६, २०८२ काठमाडौं–  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको निवासमा जलेका नेपाली तथा विदेशी मुद्रा भेटिएको घटनामा सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छुट्टाछुट्टै अनुसन्धान सुरु गरेका छन्।

स्रोतका अनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) को नेतृत्वमा खटिएको टोलीले दुवै नेताको निवासमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ। देउवाको निवासमा हजार र पाँचसय दरका नोटसहित अमेरिकी डलरसमेत जलेको अवस्थामा भेटिएको थियो।

Kamana Sewa

नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, हालैको जेनजी आन्दोलनको क्रममा भएको लुटपाट, उच्छृङ्खल गतिविधि, र जलेका नोटको घटनालाई लिएर ब्यूरोले विस्तृत अनुसन्धान थालेको छ।

Classic Tech Desktop

ऊर्जामन्त्री खड्काको निवासमा भेटिएको नगद रकमलाई प्रदर्शनकारीले हावामा उडाएका थिए। देउवाको निवासमा भएको लुटपाटपछि प्रहरीले भदौ २४ गते राति नै तीन जनालाई पक्राउ गरेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धान, पक्राउ परेकाको बयान र घटनास्थलमा भेटिएका जलेका नोटको आधारमा सम्पत्ति शुद्धीकरण विभागले समेत आन्तरिक अनुसन्धान प्रक्रिया सुरु गरेको एक उच्च स्रोतले जानकारी दिएको छ।

प्रतिकृया