• ४ साउन २०८३, सोमबार
  • १:४८ बिहान

कक्षा १२ को स्थगित मौका परीक्षा असोज ७ र ८ गते हुने

प्रकाशित मिति

२०८२ आश्विन १ गते, बुधबार १०:०६

असोज १, २०८२ काठमाडौं – स्थगित कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक गरिएको छ। यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेन–जी आन्दोलन हिंसात्मक भएपछि स्थगित गरिएको थियो।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले सार्वजनिक गरेको नयाँ तालिका अनुसार मौका परीक्षा असोज ७ र ८ गते सञ्चालन हुने छ।

Kamana Sewa

असोज ७ गते अनिवार्य अंग्रेजी (००४१) विषयको परीक्षा हुनेछ। त्यस्तै, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा सोही दिन हुनेछ। अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयमा परीक्षा दिने परीक्षार्थीले भने पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनुपर्नेछ।

Classic Tech Desktop

असोज ८ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले दिने विषयहरुमध्येको ठूलो कोड भएको विषयको परीक्षा हुने छ। यो दिन अंग्रेजी विषयको परीक्षा भने हुने छैन, किनभने अंग्रेजीको परीक्षा पहिलो दिन (असोज ७ गते) नै तय गरिएको छ।

प्रतिकृया