• ३१ भदौ २०८३, बुधबार
  • ११ः३७ राती

कामना सेवा विकास बैंकको १९ औँ वार्षिक साधारण सभा असोज २४ गते

प्रकाशित मिति

२०८२ आश्विन १ गते, बुधबार १०:०२

असोज १, २०८२ काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले १९ औँ वार्षिक साधारण सभा आगामी असोज २४ गते बोलाएको छ। सभा बिहान ११ बजेबाट सुरु हुने बैंकले जनाएको छ।

National Life

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्ताव अनुसार, बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र करसहित ५.७८९५ प्रतिशत नगद लाभांश दिने योजना प्रस्तुत गरेको छ। साधारण सभाले पारित गरेपछि सो लाभांश सेयरधनीले पाउनेछन्।

यसैगरी, सभामा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जनासहित ६ जना सञ्चालकको निर्वाचन गर्ने, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पेश गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकले साधारण सभा प्रयोजनका लागि असोज ८ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असोज ७ गतेसम्म नामसारी भएका सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन्।

प्रतिकृया