• १ असोज २०८३, बिहीबार
  • ३ः४४ राती

देशभर बदली, विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

प्रकाशित मिति

२०८२ आश्विन १ गते, बुधबार ०९:०७

असोज १, २०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको र अरब सागर तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव परेको जनाएको छ।

National Life

महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने छ। बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी, बागमती, कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भूभागमा साधारणतया बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदली हुनेछ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागसहित अन्य केही स्थानमा मध्यम वर्षा हुने र एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विभागले लगातारको वर्षाका कारण पहिरो तथा गेग्रान बहावको जोखिम रहने, ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुनसक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ

प्रतिकृया