• ४ साउन २०८३, सोमबार
  • ५:१५ बिहान

संघीय निजामती सेवा विधेयक : अवकाश उमेरको विवाद टुंगियो

प्रकाशित मिति

२०८२ भाद्र १७ गते, मंगलवार १०:२७

भदौ १७,२०८२ काठमाडौं – सरकार अडानबाट पछि हटेपछि संघीय निजामती सेवा विधेयकमा कर्मचारीको अवकाश उमेरसम्बन्धी विवाद टुंगिएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रतिनिधि सभाबाट पारित प्रावधानकै आधारमा जाने सहमति जनाएपछि विधेयकमा देखिएको गाँठो फुकिएको हो।

प्रतिनिधि सभाले पारित गरेको प्रावधानअनुसार विधेयक ऐनमा रुपान्तरण भएको वर्ष ५८ वर्षमै अवकाश, अर्को वर्ष ५९ वर्षमा र त्यसपछिको वर्षदेखि ६० वर्ष उमेरमा अवकाशको व्यवस्था लागू हुनेछ।

Kamana Sewa

यसअघि मन्त्री भगवती न्यौपानेले चालु आर्थिक वर्षमै ५९ वर्ष पूरा गर्ने कर्मचारीलाई अवकाश दिने प्रस्ताव राखेकी थिइन्। तर, विपक्षी दलहरूले प्रतिनिधि सभाको संशोधनमै सहमति गरेर जानुपर्ने अडान राखेपछि विवाद उत्पन्न भएको थियो।

Classic Tech Desktop

मंगलबारको समिति बैठकमा मन्त्री न्यौपानेले प्रतिनिधि सभाको प्रतिवेदन आत्मसात गरेर जान तयार भएको बताउँदै भनिन्, “प्रतिनिधि सभाले जसरी पास गरेर पठाएको छ, त्यसलाई नै आत्मसात गरेर जाऔं।”

उनले व्यक्तिगत स्वार्थ नभएको स्पष्ट पार्दै, राष्ट्रियसभामा सर्वसम्मत परम्परा कायम राखेर अघि बढ्न आग्रह गरिन्।

प्रतिकृया