• २ असोज २०८३, शुक्रबार
  • ३ः४७ राती

चीनमा ओली–पुटिन भेट : सहकार्यमा जोड, रुसमा मारिएका नेपालीबारे छलफल भएन

प्रकाशित मिति

२०८२ भाद्र १७ गते, मंगलवार १०:३५

भदौ १७,२०८२ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार चीनको तियान्जिनमा पहिलोपटक द्विपक्षीय वार्ता भएको छ। दुवै नेता शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका थिए।

National Life

वार्तामा उच्चस्तरीय भ्रमणको आदान–प्रदान, शैक्षिक, सांस्कृतिक, पर्यटन, सूचना प्रविधि र लगानीलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको सरकारी अधिकारीले जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझै मजबुत बनाउन प्रस्ताव समेत राखेका थिए।

राष्ट्रपति पुटिनले सन् १९५६ मा नेपाल–रुसबीच कूटनीतिक सम्बन्ध स्थापनायता कुनै समस्या नभएको उल्लेख गर्दै आगामी वर्ष दुबै देशबीचको सम्बन्धको ७०औँ वर्षगाँठ मनाइने स्मरण गराएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

तर, रुस–युक्रेन युद्धमा रुसी सेनामा भर्ती भएका नेपालीहरूमध्ये ७१ जनाको मृत्यु भइसकेको र ३४९ जना बेपत्ता रहेको संवेदनशील विषय भने छलफलमा उठाइएन। यसबारे कुनै पक्षले उल्लेख नगरेको परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले जनाएको छ।

हालसम्म ३४९ जना परिवारले रुसी सेनामा कार्यरत आफन्त बेपत्ता भएको भन्दै खोजिदिन नेपाल सरकारलाई निवेदन दिएका छन्। तीमध्ये ४१ जनाको डिएनए विवरण नेपालबाट रुस पठाइसकिएको छ भने अझै ४० जना नेपाली बेपत्ता रहेको तथ्यांक छ।

प्रतिकृया