• ५ साउन २०८३, मंगलबार
  • १२:१३ बिहान

सुन–चाँदीको मूल्य फेरि उकालो, दुवैको नयाँ रेकर्ड

प्रकाशित मिति

२०८२ भाद्र १७ गते, मंगलवार १०:५९

भदौ १७,२०८२ काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। पछिल्ला केही दिनदेखि लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य आज प्रतितोला ६०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिनमा भने सुन प्रतितोला दुई लाख पाँच हजार ३०० रुपैयाँमा थियो।

Kamana Sewa

यस्तै, आज चाँदीको मूल्य पनि नयाँ उचाइमा पुगेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया