• ३१ भदौ २०८३, बुधबार
  • ९ः५४ राती

नायब सुब्बा पदमा बढुवामात्र हुने व्यवस्था उल्टियो

प्रकाशित मिति

२०८२ भाद्र १६ गते, सोमबार ०२:४४

भदौ १६,२०८२ काठमाडौं – सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ अन्तर्गत नायब सुब्बा (नासु) पदमा १० प्रतिशत दरबन्दी खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने सहमति भएको छ।

National Life

सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा उक्त सहमति बनेको हो। यससँगै प्रतिनिधिसभाले पारित गरेको नायब सुब्बा पदमा शतप्रतिशत बढुवाबाट मात्र पदपूर्ति गर्ने व्यवस्था उल्टिएको छ।

यसअघि पनि विधायन व्यवस्थापन समितिले सहसचिव पदमा १० प्रतिशत खुला प्रतिस्पर्धा गर्ने व्यवस्था मिलाएको थियो। प्रतिनिधिसभाले भने सहसचिवसहित नायब सुब्बा पदमा पनि शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने प्रावधान पारित गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

समितिले विधेयकमाथि दफावार छलफल गर्दै खुला प्रतिस्पर्धामार्फत नयाँ उम्मेदवारलाई प्रवेश दिने व्यवस्था आवश्यक रहेको निष्कर्ष निकालेको छ।

प्रतिकृया