• ३१ भदौ २०८३, बुधबार
  • १०ः३० राती

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता विवादमा एमाले उपाध्यक्ष पाण्डेको फरक मत

प्रकाशित मिति

२०८२ भाद्र १६ गते, सोमबार ०२:२९

भदौ १६,२०८२ काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण रोक्ने निर्णयप्रति असहमति जनाएका छन्। सोमबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानले रोक्दै नरोकेको विषयलाई पार्टीले विधानमार्फत रोक्न नसक्ने जिकिर गरे।

National Life

पछिल्लो केन्द्रीय कमिटी बैठकमा भण्डारीको सदस्यता नवीकरण रोक्ने निर्णय भए पनि पाण्डेसहित केही नेताहरूले फरक मत राखेका थिए। पाण्डेले उक्त मत आगामी विधान महाधिवेशनमा पनि प्रस्तुत गर्ने बताएका छन्। उनले भने, “संविधानले रोक्दै नरोकेको कुरालाई पार्टीले विधान बनाएर रोक्न मिल्दैन। लोकतान्त्रिक अधिकारलाई रोक्ने काम कुनै पार्टीले गर्न सक्दैन।”

पाण्डेले पार्टी सदस्य बन्नासाथ अध्यक्ष भइहाल्ने कुरा नभएको स्पष्ट पार्दै, अध्यक्ष बन्ने प्रक्रिया फरक भएको उल्लेख गरे। साथै, संविधानले निर्वाचित, मनोनित वा नियुक्त पद स्वतः समाप्त हुने व्यवस्था मात्र गरेको तर पार्टी सदस्य बन्ने अधिकार भने नरोकेको उनको भनाइ छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया