• ३ साउन २०८३, आइतबार
  • ५:३८ बेलुका

कोशी प्रदेशले सिंहदरबार वैद्यखानाबाट २ करोड २० लाखको आयुर्वेदिक औषधि खरिद गर्ने

प्रकाशित मिति

२०८२ भाद्र २ गते, सोमबार ०३:१४

भदौ २,२०८२ विराटनगर – प्रदेशको स्वास्थ्य सेवा प्रणालीमा आयुर्वेदलाई मजबुत बनाउन कोशी प्रदेश सरकारले सिंहदरबार वैद्यखाना विकास समितिसँग २ करोड २० लाख रुपैयाँ बराबरको औषधि खरिद गर्ने सम्झौता गरेको छ।

सोमबार विराटनगरमा आयोजित कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईको उपस्थितिमा सम्झौतापत्रमा स्वास्थ्य सचिव डा. राधिका थपलिया र वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केसीले हस्ताक्षर गरे।

Kamana Sewa

यस सम्झौतापछि जी–टु–जी (सरकार–सरकार मोडल) मार्फत सिधै औषधि खरिद गर्ने कोशी देशको पहिलो प्रदेश बनेको छ। चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट २३ प्रकारका अत्यावश्यक आयुर्वेदिक औषधि खरिद गरिनेछ।

Classic Tech Desktop

सम्झौताअनुसार, औषधि खरिदमा १८ प्रतिशत छुट उपलब्ध हुनेछ। सचिव थपलियाका अनुसार, बचत भएको रकमले थप औषधि खरिद गरी नागरिकलाई अझ बढी सेवा दिने योजना छ।

कार्यक्रममा मन्त्री राईले सिंहदरबार वैद्यखानालाई ऐतिहासिक र गौरवपूर्ण संस्था भन्दै गुणस्तरीय औषधि छिटो र पारदर्शी ढंगले वितरण हुने विश्वास व्यक्त गरे। उनले भने, “यो सम्झौता कोशी प्रदेशको आयुर्वेद स्वास्थ्य क्षेत्रका लागि कोशेढुंगा सावित हुनेछ।”

वैद्यखानाका कार्यकारी निर्देशक डा. केसीले कोशीसँगको सम्झौताले समग्र आयुर्वेद क्षेत्रलाई प्रोत्साहन मिल्ने बताए। उनका अनुसार, हाल ५७ प्रकारका औषधि उत्पादन भइरहेको र निकट भविष्यमा ९० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ।

1
2

प्रतिकृया