उच्च अदालत विराटनगरद्वारा रास्वपाको इटहरी नगर अधिवेशन रोक्न आदेश
प्रकाशित मिति
२०८२ श्रावण ७ गते, बुधबार ०५:२८
श्रावण ७,२०८२ काठमाडौं । उच्च अदालत विराटनगरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को इटहरी नगर अधिवेशन रोक्न अल्पकालीन आदेश दिएको छ।न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको इजलासले साउन १२ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो। १० साउनका लागि तय भएको अधिवेशन रोक्न विष्णुबहादुर बस्नेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।
बस्नेतले रास्वपाका जिल्ला सभापति जीवनकुमार श्रेष्ठलाई विपक्षी बनाई रिट दायर गरेका थिए। पार्टीको अनुशासन समितिले दुवैलाई निलम्बन गरिसकेको अवस्थामा अधिवेशन गर्नु लोकतान्त्रिक पद्धति विपरीत भएको भन्दै अधिवेशन रोक्न माग गरिएको हो।

केन्द्रले नगर अधिवेशन संयोजकमा महेश थापालाई तोकेर १ र ३ नम्बर वडाको अधिवेशन गरिसकेको थियो। असन्तुष्ट पक्षले नगर सभापति निलम्बन भइसकेको अवस्थामा अधिवेशन हुनु अनुचित भएको तर्क गर्दै अदालतको ढोका ढकढक्याएको हो।





प्रतिकृया