• १६ असोज २०८३, शुक्रबार
  • ४ः३३ बेलुका

अब नेप्सेले ब्रोकर कम्पनीहरूको मासिक र वार्षिक कारोबार विवरण सार्वजनिक गर्ने

प्रकाशित मिति

२०८२ श्रावण ७ गते, बुधबार ०५:१८

श्रावण ७,२०८२ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अबदेखि ब्रोकर कम्पनीहरूको मासिक तथा वार्षिक सेयर खरिद–बिक्री विवरण सार्वजनिक गर्ने भएको छ।

National Life

नेप्सेले सेयर बजारमा संलग्न हरेक ब्रोकर कम्पनीले कुन अवधिमा कति रकम बराबरको सेयर खरिद वा बिक्री गरे भन्ने विस्तृत विवरण आफ्नो नियमित प्रतिवेदनमार्फत प्रकाशन गर्ने जनाएको छ।

हालसम्म ती विवरणहरू रेकर्ड त गरिँदै आए पनि सार्वजनिक गरिँदैनथे। तर अबदेखि यो अभ्यासले ब्रोकरहरूको सक्रियता, बजारमा उनीहरूको प्रभाव र सम्भावित एकाधिकार जस्ता विषयमा पारदर्शिता ल्याउने नेप्सेले विश्वास लिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया