• १६ असोज २०८३, शुक्रबार
  • ३ः५५ दिउँसो

हनी ट्र्याप’ मार्फत लाखौं रुपैयाँ असुली गर्ने महिला पक्राउ

प्रकाशित मिति

२०८२ श्रावण ७ गते, बुधबार ०५:१२

श्रावण ७,२०८२ काठमाडौं । आर्थिक लाभको उद्देश्यले ‘हनी ट्र्याप’मा पारेर १४ लाख २५ हजार रुपैयाँ असुल गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।

National Life

पक्राउ पर्नेमा दैलेखकी २१ वर्षीया सिन्दु चन्द रहेकी छिन्। उनले वीरेन्द्रनगरका एक व्यक्तिलाई सम्बन्धका नाममा फसाएर ब्ल्याकमेल गर्दै रकम असुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जबर्जस्ती करणीको डर देखाई पटक–पटक रकम असुलेको पुष्टि भएपछि उनलाई एक्सटर्सन मुद्दामा पक्राउ गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया