• १६ असोज २०८३, शुक्रबार
  • ३ः१२ दिउँसो

कहिलेसम्म स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिन पाइन्छ ?

प्रकाशित मिति

२०८२ श्रावण ७ गते, बुधबार ०५:०५

श्रावण ७,२०८२ काठमाडौं । असार २७ गतेदेखि स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) बिक्री खुला गरिरहेको छ। यसमा आवेदन दिने अन्तिम मिति साउन ९ गते अर्थात् पर्सिसम्म मात्रै रहेको छ।

National Life

कम्पनीले आफ्नो जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुने २ लाख ३१ हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

जसमध्ये १ हजार १५५ कित्ता आईपीओ कम्पनीमा कार्यरत कर्मचारीलाई, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषलाई, २३ हजार १०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र अन्त्यमा १ लाख ९५ हजार १९५ कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

अहिले कम्पनीले प्रथम चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २३ हजार १०० कित्ता आईपीओ निष्कासन गरिरहेको छ। आवेदन दिंदा घटीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म माग गर्न सकिनेछ। यसमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

प्रथम चरणको आईपीओ निष्कासन गरी बाँडफाँड भएपछि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ जारी गरिनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

प्रतिकृया