• ५ साउन २०८३, मंगलबार
  • ४:४१ बेलुका

हिम स्टार ऊर्जा कम्पनीको आईपीओमा २ दिनमै १७ गुणाभन्दा बढी आवेदन

प्रकाशित मिति

२०८२ असार २६ गते, बिहीबार १०:१२

असार  २६, २०८२ काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरिएको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा अत्यधिक आकर्षण देखिएको छ। आईपीओ खुलिएको दुई दिनभित्रै माग १७.३१ गुणाले नाघेको हो।

बुधबार साँझ ५:०६ बजेसम्म प्राप्त तथ्यांकअनुसार, ११ लाख २९ हजार ७५६ जना आवेदकले जम्मा १ करोड ३४ लाख ३९० कित्ता शेयरका लागि आवेदन दिएका छन्। यो संख्या कम्पनीले सार्वजनिक निष्कासनमा उपलब्ध गराएको कित्ताभन्दा करिब १७.३१ गुणा बढी हो। हिम स्टार ऊर्जा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ११ लाख १९ हजार कित्ता शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।

Kamana Sewa

निष्कासनका क्रममा कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १ लाख ८६ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९३ हजार २५० कित्ता शेयर जारी गरिसकेको छ। त्यसपश्चात कर्मचारीका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषका लागि ४६ हजार ६२५ कित्ता सुरक्षित गरिएको थियो। बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक गरिएको हो।

Classic Tech Desktop

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन अवधि असार २७ गतेसम्म रहनेछ। यदि तोकिएको अवधिसम्म आवश्यक संख्यामा आवेदन नपरेमा उक्त अवधि साउन ६ गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ। यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया