• १ असोज २०८३, बिहीबार
  • ६ः४० बिहान

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति

२०८२ असार २६ गते, बिहीबार ०९:५९

असार   २६, २०८२ काठमाडौं । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव देखिएको छ भने मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ औसत स्थानको आसपास र पश्चिमतर्फ औसत स्थानभन्दा केही उत्तरमा सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

National Life

महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातसमेत हुने पूर्वानुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आज रातिको मौसमसम्बन्धी पूर्वानुमान अनुसार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सातै प्रदेशका पहाडी क्षेत्रहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने अन्य थोरै भू–भागमा पनि यस्तै खालको वर्षा हुनसक्ने छ।

महाशाखाले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहने बताएको छ। साथै, तराई तथा सहरी क्षेत्रमा डुबानको उच्च सम्भावना भएकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरिएको छ।

ठूला तथा साना नदीनालामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले पूर्वतयारीसहित सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिकृया