• ४ साउन २०८३, सोमबार
  • २:०५ बिहान

आज कुन प्रदेशमा भारी वर्षाको सम्भावना ?

प्रकाशित मिति

२०८२ असार १८ गते, बुधबार ०९:४५

असार १८, २०८२ काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज देशका अधिकांश भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ।

Kamana Sewa

त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। २४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा मापन भएमा त्यो भारी वर्षा मानिन्छ।

Classic Tech Desktop

साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। महाशाखाले तीव्र वर्षाका कारण संभावित पहिरो, बाढी तथा जलमग्नताका लागि सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रतिकृया