• २१ जेठ २०८३, बिहीबार
  • १२:०४ बेलुका

५ अर्ब १९ करोडको बजेट सार्वजनिक गर्दै भरतपुर महानगर (पूर्ण विवरणसहित)

प्रकाशित मिति

२०८२ असार ८ गते, आईतवार ०२:२५

असार ८, २०८२ काठमाडौं । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार सत्रौं नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

आइतबार आयोजित १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले ‘मध्य नेपालको सुन्दर शहरः समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ भन्ने मूल नारालाई साकार पार्ने लक्ष्यका साथ बजेट प्रस्तुत गरेको घोषणा गरे । बजेटले अधुरा तथा क्रमागत आयोजनाहरूको निरन्तरता, शहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको छ।

Kamana Sewa

कुल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट रु १ अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु २ अर्ब १५ करोड ७६ लाख, संघीय राजस्व बाँडफाँडबाट रु ३१ करोड ९१ लाख, र प्रदेश राजस्व बाँडफाँडबाट रु १४ करोड ४ लाख ४१ हजार अनुमान गरिएको छ। साथै, जनसहभागिताबाट रु ५ करोड, बैंक मौज्दातबाट रु ७० करोड र सडक बोर्ड नेपालबाट रु ३ करोड प्राप्त हुने प्रक्षेपण गरिएको छ।

Classic Tech Desktop

हेर्नुहोस् पूर्णपाठ :

प्रतिकृया