• ४ साउन २०८३, सोमबार
  • ३:४५ बिहान

प्रतिगामी शक्तिहरु टाउको उठाउने कोशिस गरिरहेका छन् : अध्यक्ष नेपाल

प्रकाशित मिति

२०८१ चैत्र १८ गते, सोमबार ०४:३२

चैत्र १८, २०८१ काठमाडौँ: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा प्रतिगामी शक्तिहरुले टाउको उठाउने कोशिस गरिरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले इतिहास भइसकेको राजालाई ब्युँताउने कोशिस भइरहेको भएपनि सम्भव नरहेको जिकिर गरे । उनले पूर्वराजा शाहले के त्याग, तपस्या, योगदान गरेका छन् ? भन्दै प्रश्न गरे । इतिहास फेरि पछाडि फर्किन नसक्ने अध्यक्ष नेपालको भनाइ छ । नेपाली समाज सामन्तवादको युगमा फर्किन नसक्ने बताए ।

Kamana Sewa

अध्यक्ष नेपालले जनताका छोराछोरी देशको राष्ट्रपति बन्न पाउने की नपाउने भन्दै प्रश्न गरे ।

Classic Tech Desktop

प्रतिकृया