• ४ साउन २०८३, सोमबार
  • २:०२ बिहान

नेपाल टेलिकमद्वारा मान्मदेखि गमगढीसम्म अप्टिकल फाइवर विस्तार

प्रकाशित मिति

२०८१ चैत्र १३ गते, बुधबार १०:३१

चैत्र १३, २०८१ काठमाडौँ: नेपाल टेलिकमले कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म पहिलो पटक All-dielectric self-supporting ( ADSS) प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको छ।

देशको दुर्गम क्षेत्रमा समेत सर्वसुलभ रुपमा दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने आफ्नो अभियान एवम् लक्ष्यअन्तर्गत विस्तार गरेको यस सूचना महामार्गले कालिकोट, जुम्ला, मुगुलगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुनुका साथै भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि समेत महत्वपूर्ण आधार निर्माण भएको नेपाल टेलिकमले जनाएको छ।

Kamana Sewa

नेपाल टेलिकमका अनुसार Microwave Radio Link मार्फत हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका कम्पनीका फाइबर इन्टरनेट (FTTH ) तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणहरुका साथै NtTV ब्रान्डको टेलिभिजन सेवासमेत मिति २०८१।१२।०८ गतेबाट अप्टिकल फाइबरमार्फत सञ्चालनमा ल्याइएको छ।

Classic Tech Desktop

सेवा विस्तारसँगै उक्त क्षेत्रका सेवाग्राहीहरुले हाल सञ्चालनमा रहेका सेवाहरुको गुणस्तर तथा क्षमता अभिवृद्धि भएको प्रत्यक्ष अनुभव गर्ने टेलिकमको विश्वास छ। यसका साथै दुरसञ्चार सेवाको लागि आवश्यक पर्ने Transmission route को वैकल्पिक मार्गसमेत स्थापना भई अटुट सेवा प्रवाहको प्रत्याभूति हुने बताइएको छ।

प्रतिकृया