• ३ साउन २०८३, आइतबार
  • ३:३९ बेलुका

पर्यटन मैत्री बन्दै निजगढ नरपालिका क्षेत्र

प्रकाशित मिति

२०८१ चैत्र १० गते, आईतवार १०:३६

चैत्र १०, २०८१ बारा (निजगढ): निजगढ नगरपालिका पर्यटक मैत्री क्षेत्र बन्दै गएको छ । नगरपालिकाले यहाँ भएका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई उच्च प्राथमिकता दिएर भौतिक पूर्वाधारको विकास र विस्तार गर्दै गएपछि निजगढका पर्यटकमैत्री बन्दै गएको हो ।

यस नगरपालिकाको सिंगौलमा रहेको झरना तथा वडा नं. १३ स्थित शक्ति खोला क्षेत्र पर्यटकीय दृष्टिकोणले निकै आकर्षक रहेका छन् । उक्त क्षेत्रमा निजगढ नगरपालिकाले भौतिक र पर्यटक मैत्री संरचना समेत विस्तार गर्दै गएको नगरपालिकाले जनाएको छ ।

Kamana Sewa

यस नगरपालिकामा माउन्टेन बाइकिङ, जिपलाइन, ट्रेकिङ तथा इको टुअरिज्म, होमस्टे लगायतका पर्यटकीय एडभेन्चरहरु प्रबद्र्धन गरी नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिने प्रचुर संभाव्यताका साथै यस नगरपालिकालाई औद्योगिक तथा शैक्षिक हबको रुपमा विकास गर्न सकिने समेत उत्तिकै संभावनाहरु विद्यमान् रहेको छ ।

Classic Tech Desktop

त्यस्तै यहाँ भएका बकैया खोला, धन्सार खोला, भमरा खोला, बगर खोला, लाल खोला, भक्तलाल खोला, गढवन, शक्तिखोला जस्ता विभिन्न साना ठूला खोलानालाहरु यस नगरपालिका भई बग्ने खोलानालाहरु बग्ने गर्छन् । उक्त खोलाले नगरपालिकाको सौर्दयतालाई अझ बढी उचाइमा पुुर्याएको नगरपालिकाले वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।

यस नगरपालिकामा पर्यटकीय सम्भावना बोकेका शहिद हिरालाल पार्क, भ्यू टावर, मोहरी पार्क, हरि डाँडा, शिव सत्येश्वर मन्दिर, पर्वतनाथ महादेव मन्दिर, कृष्ण मन्दिर, रामजानकी मन्दिर, पल्युन साम्तेलिङ गुम्बा, हलखोरिया दह लगायत अन्य मठ मन्दिर, गुम्बा चर्च, मदरसा आदि रहेका छन् ।

यस क्षेत्रमा बसोबास रहेको आदिवासी जनजाति कछडिया समुदायको संग्राहलय समेत निर्माणको क्रममा रहेको निजगढ नगरपालिकाले जनाएको छ ।

प्रतिकृया