• ३ साउन २०८३, आइतबार
  • ५:३७ बेलुका

थिमीमा सांगीतिक महोत्सव ‘इकोज इन द भ्याली’ सम्पन्न

प्रकाशित मिति

२०८१ फाल्गुन २५ गते, आईतवार ०२:२४

फाल्गुण २५, २०८१ काठमाडौँ: थिमीमा यसपटकको संगीत महोत्सव ‘इकोज इन द भ्याली’ सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको महोत्सव डबलीसँगै फल्चा, बहाः, बहीः, चुक (चोक) र पुखु (पोखरी) मा भएको थियो ।

यसपटक इकोजमा थिमी र बालकुमारी मन्दिरको बाखं अर्थात कथा संगै बच्चाहरूका लागि चित्रमा रङ भर्ने कार्यक्रम पनि रहेको थियो । यस्तै हेरिटेज वाक र कथा सुनाउने कार्यक्रमबाहेक यसपटकको इकोजमा क्यालिग्राफी र लिम्बू समुदायको सिरिजंगा लिपीमा लेख्ने, नक्षेत्र अवलोकन, चौतारी नाटक, कवितावाचन, छलफल, नेवाः भोय् (नेवारी भोज) लगायत अन्य विविध गतिविधि रहेको थियो ।

Kamana Sewa

शुक्रबार र शनिबार चलेको उक्त महोत्सवमा स्थानीय कला संकृति संगै विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेको थियो । कार्यक्रमको मुख्य आकर्षणमा प्रसिद्ध गायिका ज्ञानु राणाले सरस्वती वन्दना लगायत केही अरु श्लोकहरु गाउनुभएको थियो भने धेरै पहिले नारायण गोपालसँग गाएको सिरिमा सिरि गीत पनि गाउनु भएको थियो जसले कार्यक्रमलाई थप रोचक तथा मन्त्रमुग्ध पारेको थियो ।

Classic Tech Desktop

प्रतिकृया