• ४ साउन २०८३, सोमबार
  • १:३४ बिहान

कम्यूनिष्ट सरकारको पालामा विकासको मुल फुट्छ : बरिष्ठ नेता खनाल

प्रकाशित मिति

२०७६ भाद्र ३० गते, सोमबार ०३:३३

झापा, पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले इलामबाट झापा हुँदै बग्ने तेलपानी निन्दा खोलाको दुई वटा पुलको एक्कै पटक उद्घाटन गर्नुभएको छ । तेलपानी खोलाको मदन भण्डारी राजमार्ग अन्तगरगतको २० मिटर लामो पक्की पुल र सोही खोलाको इलामको रोङ गाउँपालिकाको ५ र ६ नम्बर वडालाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन आइतबार भएको छ ।

आफ्नो निर्वाचन क्षेत्र इलाम क्षेत्र नम्बर १ र झापाका विभिन्न ठाउँको बाटो र पुलको उद्घाटन तथा शिलन्यास कार्याक्रममा बोल्दै नेता खनालले अब विकासको मुल फुट्ने बताउनुभयो । नेता खनालले कम्यूनिष्ट सरकारको पालामा देशको समग्र विकासको मुलफुट्ने बताउनुभयो । उहाँले आफ्नो निर्वाचन क्षेत्रका सबै खाले विकासका योजनालाई प्रथामिकताका साथ अगाडी बढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

Kamana Sewa

प्रतिकृया