राजा महाराजाहरुले चढेको जहाजको पैसा उठाउन आएको हुँ : मन्त्री भट्टराई (भिडियोसहित)
प्रकाशित मिति
२०७६ भाद्र ३० गते, सोमबार ०४:२१
काठमाडौं, प्राईम टाईम्स टेलिभिजनबाट आइतबार राति प्रशारण भएको वरिष्ठ पत्रकार ऋषि धामलाले ‘जनता जान्न चहान्छन्’ कार्यक्रम मार्फत नेपालगन्ज एयरपोर्टमा भएको घटनाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईसंग अन्तरवार्ता लिनुभएको छ ।
अन्तरवार्तामा मन्त्री भट्टराईले आफूहरु जनताको सेवक भएकोले जनतासँग डराउने भएपनि मण्डलेहरुसँग नडराउने कडा प्रतिक्रिया दिनुभएको छ । मन्त्री भट्टराईले भन्नुभयो ,‘हामी मण्डलेसँग भाग्दैनौं तर, जनतासँग डराउँछौं । जनताका आलोचना सुन्छौं ।’

मन्त्री भट्टराईले आक्रोश पोख्दै भन्नुभयो ,‘मण्डलेसँग हामी किन सचेत हुने ? को हो मण्डले ? भुतप्रेतहरु, प्रतिगामीहरु, को हुन उनीहरु ? यही मण्डलेका नाईकेहरु, पढेलखेका भन्नेहरुको स्तर नै देखियो त । तिनै मण्डलेहरुले प्रयोग गरेको जहाजको पैसा नतिरेर झण्डै झण्डै पाँच करोड क्याँस, र आजको दिनमा ब्याजमा ढाल्नुभयो भने राजा महाराजाहरुले चढेको जहाजको पैसा नतिरेर हाम्रो एयरलाईन्सको डुबिरहेको छ । त्यो पैसा उठाउन म आएको हुँ ।’

मन्त्री भट्टराईले राजा महाराजाहरुले चढेको जहाजको पैसा सरकारले तिर्ने कि उनीहरुको जाहेजेथोबाट उठाउने भन्नेबारे निर्णय गर्न बाँकी रहेको बताउँनुभयो । जहाज चढेको पैसा नतिर्नेहरुका नाम पनि सार्वजनिक गर्ने बताउनुभयो । उहाँले नेपाल वायुसेवा निगमलाई सु्धार गर्नको लागि आफूहरुले उच्चस्तरीय आयोग गठन गरेको र असाजे १ गते प्रतिवेदन सार्वजनिक हुने बताउनुभयो ।
https://www.facebook.com/yogeshbhattarai.ncp/videos/2536577183295659/?v=2536577183295659




प्रतिकृया