• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

प्युठानमा मृत फेला दम्पतिको हत्या भएको खुलासा

प्रकाशित मिति

२०८१ फाल्गुन ११ गते, आईतवार १२:१८

फाल्गुण ११, २०८१ प्युठान : प्युठानको माण्डवी गाउँपालिका– २ रातापानीमा मृत फेला परेका दम्पत्तीको हत्या भएको खुलेको छ ।

प्यूठानका प्रहरीले परियार दम्पतीमाथि घन प्रहार भएको जानकारी दिएको छ । घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन बरामद भएको छ ।

Kamana Sewa

६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीय श्रीमति हुकुमा परियार शनिबार घरमै मृत फेला परेका थिए । फागुन ९ गते राती घरमा खान खाई सुतेका उनीहरुको बिहान अबेरसम्म नउठे पछि छिमेकीले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Classic Tech Desktop

प्रहरीले दम्पत्तीको शरिरमा गहिरो चोट लागेको बताएको छ । थप अनुसन्धानका लागि प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएको जानकारी दिएको छ । उनीहरुका चार छोराहरु भारतमा रहेको र छोरीहरुको विवाह भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया